एनओसी अवार्डको उत्कृष्ट वर्ष खेलाडी बने करातेकी एरिका र उसुका विजय

  • बुधबार १० असार २०८३ ०८:२५ AM
करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट  पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् । काठमाडौंको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक, संघ