गैर हाजिर १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

  • बुधबार १० असार २०८३ ०३:२४ AM
आफूखुसी गैर हाजिर भएका १२ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) बुधबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।