काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पक्राउ गरी मंगलबार विशेष अदालतमा उपस्थित गराएको छ। पौडेललाई अनुसन्धान गर्न विशेषले ७ दिनको म्यादसमेत थप गर्यो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ७ दिनको म्याद थप गरेको हो। आदेशसँगै पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतको प्रशासन शाखाले जनाएको छ।सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका