पीएल सिंह मेमोरियल टी-२० को आठौँ र नवौँ खेलमा पोखरा र वीरगञ्ज महानगरपालिका विजयी

  • मङगलबार ९ असार २०८३ ०९:११ PM
काठमाडौँ । राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा पोखरा महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गरेका छन् ।  प्रतियोगिताको आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको भरतपुरले १८