काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकालेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललई बिना सर्त रिहा गर्न माग गरेको छ।'पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ।