काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको बताएका हुन्