नेकपा (एमाले) ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसद्मा सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । मङ्गलवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । उनकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको