काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धानका लागि म्याद थपबारे विशेष अदालत काठमाडौंमा सुनुवाइ जारी छ। अहिले पौडेल तर्फका कानुन व्यवसायीको बहस जारी छ। सरकारी पक्ष र प्रतिवादी दुवैका कानुन व्यवसायीको बहस सकिएपछि अनुसन्धानका लागि म्याद थप गर्ने कि नगर्ने भन्ने अदालतले निर्णय गर्नेछ।प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पार्टीको विशेष कार्यक्रममा सहभागी हुन पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्र