काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्दीकरण विभाग हुँदै अहिले विशेष अदालतमा उपस्थित गराइएको हो । सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप गर्न पेस गरेको हो । पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाण्डु ल्याइएको