टर्की र बेलायत पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • मङगलबार ९ असार २०८३ ०१:०० PM
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका–७ बस्ने बारा निजगढ नगरपालिका–१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने संखुवासभा चैनपुर नगरपालिका–३ घर भएका ७० वर्षीय बीरबहादुर श्रेष्ठ रहेका छन् । पक्राउमध्ये सुरेशलाई टर्की पठाइ दिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बीरबहादुरले बेलायत पठाइ