विष्णु पौडेल पक्राउ परेपछि जनार्दन शर्माले किन ताने खुट्टा ?

  • मङगलबार ९ असार २०८३ ०६:३० AM
काठमाण्डौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफूविरुद्ध ‘मिडिया ट्रायल’ भएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफूसँग सरोकार नै नभएको विषयमा भ्रम छर्ने प्रयास भइरहेको बताएका हुन् । सम्पत्ति शुद्धीकरण र त्रितोपत्र कारोबारसम्बन्धी कसुरमा थुनामा रहेका दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो ।