विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभाग पुर्‍याइयो

  • मङगलबार ९ असार २०८३ ०७:०१ AM
काठमाडौं । सोमबार सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ । उनलाई माइक्रोमा हालेर काठमाडौं ल्याइएको हो । पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । सोमबार राती नै पौडेललाई काठमाडौंका लागि हिँडाइएको थियो । पौडेललाई मंगलबार मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्‍याइएको हो