विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र : केपी ओली

  • सोमबार ८ असार २०८३ १०:०० PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन्। प्रतिशोध साँध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए।'वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टीमाथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,' उनले