काठमाडौं । पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भोलि नेपालगञ्जबाट पहिलो उडानमार्फत काठमाडौं ल्याइने भएको छ । स्रोतका अनुसार उनलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ । उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका