विज्ञहरुको निष्कर्षः नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको छ

  • सोमबार ८ असार २०८३ ११:२६ AM
काठमाडौं । नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको विज्ञहरुले औंल्याएका छन् । सोमवार काठमाडौंमा जारी मानव अधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल, पत्रकार आरती रायलगायतका वक्ताहरुले मानव अधिकार रक्षकको रुपमा रहेको पत्रकारहरुमाथिको आक्रमण बढेको गएको तथ्य खुलाएका हुन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सत्तामा