कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते

  • सोमबार ८ असार २०८३ ११:३६ AM
एजेन्सी । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारण विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख