काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टी राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र सुशासनप्रति दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले आफ्नो जिम्मेवारीलाई अवसरका रूपमा आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गरे । उनले महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका नेताहरूले एकता, संगठनभित्र कुनै समूह नरहेको अवस्था तथा सिद्धान्त