स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ । यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए ।