कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्