काठमाण्डु – एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुगर्नठनको बाटोमा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘एमालेजनमा निवेदन’ शीर्षक राखेर उपमहासचिव भट्टराईले पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यवहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण गर्ने र सबै पक्षमा यथास्थिति रहने भन्ने बहसले पार्टी पुर्गठनको दिशामा पुगेरै छाड्ने उल्लेख गरेका छन्