बजेट : धनीलाई पोस्ने, गरिबलाई सोस्ने

  • सोमबार ८ असार २०८३ १०:०० AM
दुईतिहाइ नजिकको बहुमत पाएको रास्वपा नेतृत्वको एकमना सरकारले नयाँ बजेट ल्याइसकेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गरे। रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको सो बजेटलाई लिएर विभिन्न कोणबाट व्याख्या र बहस भइरहेको छ।बजेट मूलतः राजनीतिक कार्यक्रमहरूको दस्तावेज हो। त्यही भएर पनि कुनै पनि दलले चुनाव लड्नुपूर्व ‘जितेपछि यी–यी कामहरू गर्छौं, यी हाम्रा प्राथमिकता हुन्&r