काभ्रेपलाञ्चोक : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति निधन भएको छ। दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका नेता खरेल वि.सं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए। खरेल