काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले संयुक्त रुपमा महाधिवेशन उद्घाटन गरेका हुन् । प्रथम महाधिवेशनका लागि बालेन आजै मात्र चितवन पुगेका हुन् भने रवि केही दिनदेखि चितवनमै