असार ६, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला कार्यसमिति कपिलवस्तुको सह–आयोजनामा प्रथम लुम्बिनी लोकतारा–२०८३ प्रतियोगिता भोलि हुने भएको छ । लुम्बिनी प्रदेशभर रहेका प्रतिभाशाली लोक तथा दोहोरी गायक–गायिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भोलि कपिलवस्तुमा हुन लागेको हो । जिल्ला कार्यसमिति कपिलवस्तुले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन