६० केजी सुन प्रकरण: अनुसन्धानका लागि सीआईबीका अधिकृत भारत जाँदै

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एकजना अधिकृत भारत जाने भएका छन् ।

हङकङबाट नेपाल आउने गरेको सुन भारत पुग्ने गरेको पाइएपछि भारतमा रहेको गिरोहको अनुसन्धानका लागि सीआईबीका अधिकृत भारत जान लागेका हुन् ।

यसअघि सीआईबीका एसएसपी दिनेश आचार्य हङकङ पुगेर अनुसन्धान थालिसकेका छन् ।

सीआइबीका अधिकृतले भारत गएर ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर अनुसन्धान गर्नेछन् ।