एमसीसीले लफडा: विप्लवले बोलाए स्थायी समिति बैठक

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले स्थायी समिति बैठक बोलाएका छन् ।

बुधबारबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनमा गएपछि रूष्ट बनेका विप्लवले सरकारबारे धारणा बनाउन शुक्रबार बिहानका लागि बैठक बोलाएका हुन् ।

बुधबार बिहानै पनि विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर असन्तुष्टि व्यक्त गरेका थिए । जसले गर्दा हिजो धनगढीमा आयोजित समाजवादी मोर्चाको सभा नै विथोलिएको थियो । विप्लव नेतृत्वको नेकपा पनि समाजवादी मोर्चामा सहभागी छ ।