प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, अवरुद्ध संसद खुलाउन पहल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तमा जारी ससद अवरोध हटाउने र संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्नेलगायतका विषयमा छलफल भएको छ ।

एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन हुनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रतिनिधिसभा आज बस्दैछ, त्यो भन्दा अगाडि नै संसदको जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले संसद अवरोध खुलाउने र रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने लगायतका विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच छलफल भएको डिसी नेपाललाई जानकारी दिए ।