आजको शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो 

काठमाडौँ - नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.८४ अंकले बढेर  २१०६.१८ विन्दुमा पु्गेको हो । सेन्सेटिभ इण्डेक्स  २.१८ अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम आइतबारको तुलनामा घटेको छ।

आज २६२ कम्पनीको  ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सेयर खरिदविक्री भयो ।