रेशम चौधरीको मुद्दा हेर्न नभ्याइने

काठमाडौँ - पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

सर्वोच्चमा दर्ता भएको मुद्दा निवेदनमा नेपाल कानून, कानूनले तोकेको कार्यविधि, सर्वोच्च अदालतका विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तसमेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र सोही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषोधलगायतका आदेश जारी गर्न माग गरिएको छ ।