भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई गराए जानकारी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आजबाट हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेट गर्ने छन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कनेछन् ।