प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् ।

चार दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका हुन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड भारत गएका हुन् ।

प्रचण्ड नेतृत्वको टोलीमा पाँचजना मन्त्रीहरू पनि रहेका छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि भ्रमणमा सहभागी छन् ।

प्रचण्डसहितको टोली यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।