रवि लामिछाने सामाजिक सञ्जालमा लेख्छन्-'नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ'

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको बताएका छन् ।

सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको आग्रहअनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसको समर्थन र विरोध भइरहेका छन् ।

रास्वपा सभापति लामिछानेले फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन् । ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन्।