सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । 
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।