वीरेन्द्रनगर : कर्णाली प्रदेशमा खेलकुदका नाममा स्वार्थ समूहहरूले कब्जा जमाएका छन्। सरकारी बजेटबाट आफ्नै संस्था र आबद्ध संघलाई कार्यक्रम सञ्चालनको जिम्मा दिएर सुशासन र पारदर्शिताको धज्जी उडाउँदै स्वार्थ समूहहरूले खेलकुदको बजेटमाथि कब्जा जमाएका हुन्। कर्णाली प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्नु सकारात्मक कुरा हो।तर कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १० लाख आर्थिक सहयोगमा सञ्चालन हुने ‘एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन&