प्रधानमन्त्री प्रचण्डले दिए एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईमा सहभागी विद्यार्थीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री प्रचण्डले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका हुन् ।

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल पनि गरे।

एसईईमा यस वर्ष नियमित र ग्रेड वृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।