समाज अघि बढाउन ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताए ।

बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं. ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने  “ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ” ।

सो अवसरमा उनले बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाए । हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।