अकास्मात बिरामी परेपछि सांसद बसन्त नेम्वाङ हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता बसन्त कुमार   नेम्वाङ अकास्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेको माले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए ।

उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए ।  खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।