गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन

काठमाडौँ ।  गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा बुधबार बिहान उनको निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन्। तनहुँको भानु नगरपालिका- १२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। र्कोन आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।