सिन्धुपाल्चोकको  हेलम्बुमा जीप दुर्घटना :  दुई भुटानी नागरिकको मृत्यु, पाँचजना घाइते 

काठमाडौँ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुधबार हेलम्बु गाँउपालिका–१, दोरिमबाट खारपाङ  जाँदै गरेको बा२च ४४५० नम्बरको जीपक्रममा दुर्घटना भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा  भुटानी नागरीक  ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमो रहेका छन् भने अन्य पाँच जनाको दुर्घटनामा परि घाइते भएका छन् ।

जीप चालक सिन्धुपाल्चोककै चन्द्र भण्डारी थिए । उनको अवस्था सामान्य छ । घाइते पाँचमध्ये तीनजनालाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौँस्थित केएमसी अस्पताल ल्याइएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको जनाइएको छ ।