काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले एमालेसँग एकता हुन लागेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरे । उनले बाहिर आएका चर्चाहरूमा भ्रमित नहुन आग्रह गर्दै