रास्वपामा गुटगत प्यानल निषेध

  • शनिबार ६ असार २०८३ १०:४० AM
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारबाट चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्यानल बनाउन नपाइने भएको छ ।रास्वपा केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको आचारसंहितामा प्यानल बनाउन निषेध गरिएको उल्लेख छ । निर्वाचनमा प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार गर्न रोक लगाइएको छ । निर्वाचनमा व्यक्तिगत प्रतिस्पर्धा मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको