सरकारले १०० दिनमा १० काम पनि गर्न सकेन : कांग्रेस

  • शनिबार ६ असार २०८३ ०४:०० PM
काठमाडौं : नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने जनाएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफ