सरकारको सय दिनको समीक्षा गर्दै काँग्रेस

  • शनिबार ६ असार २०८३ ०९:३३ AM
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । शनिवार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष र संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको