उदयपुरमा विद्यालय बस दुर्घटना : शिक्षकको मृत्यु, ३२ जना घाइते

  • शनिबार ६ असार २०८३ ०८:४४ AM
उदयपुरमा शैक्षिक भ्रमणमा निस्किएको विद्यालय बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। महोत्तरीको बर्दिवासबाट शैक्षिक भ्रमणका लागि गाईघाटतर्फ जाँदै गरेको दिपज्योति एजुकेशन इङ्ग्लिस बोर्डिङ स्कुलको बस शनिबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गको अँधेरी जोगीटोल क्षेत्रमा दुर्घटनामा परेको हो। बसमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी ३५ जना