युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

काठमाण्डौँ - रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए। आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० जनाभन्दा बढी घाइते भएका छन् । मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ । 

आक्रमणमा प्रसूतिगृहलाई समेत निशाना बनाइएको छ । रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ ।