लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोवार रकम कति ? 

काठमाडौं - सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन पनि घटेर बन्द भएको छ । गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो ।

रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो । छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो ।