जाजरकोटमा पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

 जाजरकोट - कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ ।  वडा नं।१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो ।

निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए ।