भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

काठमाण्डौँ - भारतको आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन् ।

घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए । आइतबार राति विशाखापट्टनम(पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो । घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ ।