यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने

 काठमाण्डौँ - नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ ।

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् पर्सि १५ गते रहे पनि यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले अबको तीनरचार दिनसम्म देशका धेरै ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।