शशांक कोइरालाले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्ण खाँणलाई

काठमाडौं सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका हुन् ।

कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाँणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाँणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् ।

केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव, भिष्मराज आङदम्बे, परराष्ट्रमन्त्री एनपी साउन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका नेताहरु पनि सुन्धारा पुगेका थिए ।